शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास 

खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास 

रोदिक खबर

१७, चैत्र २०७७
  • 6.2K
    SHARES
  • खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास 

    खोटाङ । खोटाङ उद्योग बाणिज्य संघको सचिवालय भवन शिलान्यास गरिएको छ । जिल्ला अदालतभन्दा मुनि निर्माण गर्न लागिएको वाणिज्य संघको सुविधा सम्पन्न भवन मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपानारयण रिजाल र उपप्रमुख बिणादेबी राईले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दुई रोपनी जग्गा खरिद गरेर भवन निर्माण सुरु गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

    खोटाङमा बाणिज्य संघ स्थापना गरिएको झण्डै ४० वर्षपछि आफ्नै भवन निर्माणको काम सुरु गरिएको हो । करिब साँढे ३ करोडको खर्चमा आगामी तीन वर्षभित्र साँढे तीन तले भवन निर्माण गरिने बाणिज्य संघका अध्यक्ष राईले बताए । 

    भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्रमागत योजनाका रुपमा ३० लाख उपलव्ध गराउने बाणिज्य संघले जनाएको छ । संघको भवन निर्माणका नगरपालिकाले चालु आर्थिक वर्षकका लागि १० लाख बिनियोजन गरेको छ ।

    भवन निर्माणकै लागि हालसम्म पाँच लाखको हाराहारीमा आर्थिक सहयोग जुटिसकेको छ भने १० लाखको हाराहारीमा सहयोगको प्रतिवद्धता जुटेको अध्यक्ष राईले बताए । चालु आर्थिक वर्ष कार्यालयको कामकाज सुचारु गर्न मिल्ने गरी एक तले भवन फिनिसिङ गरिने बाणिज्य संघले जनाएको छ ।

    २०३५ सालमा स्थापना गरिएको बाणिज्य संघले हालसम्म भाडाको घरबाट कार्यालयीय कामकाज सञ्चालन गर्दैआएको छ । 

    चुनावका बेला कतिपयको भवन निर्माण एजेण्डा बन्दै आएकामा बाणिज्य संघले विगत ४ वर्ष अघिदेखि भवन निर्माणका लागि अभियान चलाएको थियो । भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष टंक आचार्य, बाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्र लयालु, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - १७:२८:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको