शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बेपत्ता भएको १३ दिनपछि बालकको कंकाल फेला 

बेपत्ता भएको १३ दिनपछि बालकको कंकाल फेला 

रोदिक खबर

१७, चैत्र २०७७
  • 5.5K
    SHARES
  • बेपत्ता भएको १३ दिनपछि बालकको कंकाल फेला 

    खोटाङ । खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको कंकाल फेला परेको छ । गत चैत ३ गतेदेखि बेपत्ता भएका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका रञ्जित राईको कंकाल सोमबार बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको राँकुली खोला र न्याउले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ । कंकाल मात्र बाँकी रहेकाले लगाएको लुगाको आधारमा बालकको पहिचान गरिएको वडाध्यक्ष शम्भु निरौलाले बताए । 

    शारीरिक अपांगता भएका रञ्जितको कंकाल घरभन्दा करिब चार घण्टा टाडा रहेको अप्ठ्यारो भीरमुनि खोलामा भेटिएको हो । खोलामा कंकाल फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए ।

    बेपत्ता भएको चार दिनसम्म पनि फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई तस्बिर सहित निबेदन दिएका थिए । उनले पूर्ण अपांगताको भत्ता लिँदै आएको वडाध्यक्ष निरौलाले बताए ।

    ‘हामी हिँड्न सक्नेलाई नै चार घण्टा लाग्छ त्यो ठाउँमा पुग्न,’ वडाध्यक्ष निरौलाले भने, ‘अशक्त मान्छे एकदमै अचम्मको ठाउँमा पुगेको छ । बिकट ठाउँबाट झरेको देखिएको छ ।’ 

    प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - १७:४९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको