खोटाङ । खोटाङका प्रदेशसभा सांसद रामकुमार राई पासाङ नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ को संसदीय दलको उप नेता चयन भएका छन् ।
सोमबार बिराटनगरमा बसेको माओबादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेता चयन गरे लगत्तै आङबोकै अध्यक्षतामा बसेको दोश्रो बैठकले राईलाई संसदीय दलको उप नेता चयन गरेको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि माओबादी केन्द्रले प्रदेश नम्बर १ को संसदीय दलको नेता, उपनेता लगायत चयन गरेको हो ।
तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियू सप्राकबाट बिक्रम सम्वत २०४० सालदेखि राजनितीमा प्रवेश गरेका राई हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यको जिम्मेवारीमा छन् ।
नेपाल कम्यूनिष्ट पार्टी बन्नुअघि माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य बनेका राई २०६४ सालमा संविधानसभा सदस्यमा विजयी बनेका थिए ।