शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

भूमिहिनको समस्या चाडै हल हुन्छ : अध्यक्ष ज्ञवाली 

भूमिहिनको समस्या चाडै हल हुन्छ : अध्यक्ष ज्ञवाली 

रोदिक खबर

२०, चैत्र २०७७
  • 3.0K
    SHARES
  • भूमिहिनको समस्या चाडै हल हुन्छ  : अध्यक्ष ज्ञवाली 

    भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले चुनाव सकिएसँगै सुकुम्बासीको समस्या बिर्सिने समस्या हल हुन लागेको बताएका छन् ।

    भूमि सम्वन्धी समस्या समाधान आयोगको जिल्ला समिति खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ज्ञवालीले चुनाव अगाडि सुकुम्बासीको ‘इस्यू’लाई एजेण्डा बनाउने र चुनाव सकिएपछि सुकुम्बासीको ‘इस्यू’ पनि सकिने समस्या स्थायी रुपमा हल गर्न लागिएको बताएका हुन् । 

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले भूमि सम्वन्धी समस्या हल गर्नका लागि हालसम्म ५०४ पालिकासँग कार्य सम्पादन समझदारी पत्रमा हस्ताक्षर गरिसकिएको जानकारी दिए ।

    ‘चुनाव आयो, सुकुम्बासीको भोट खानुपर्ने । पूर्जा दिन्छु भनेर इस्यूको उठाउने, चुनाव सकिन्छ यो इस्यू पनि सकिने । विगतमा यो खालको रोग रह्यो । अवचैं यो स्थिति रहन दिन हुन्न भन्ने ढंगले संसदले ऐन÷नियमावली बनायो ।

    आयोगले पनि अनेकौं कार्यविधि बनाएर यो कामलाई सम्पादन गर्नेक्रममा अघि बढेका छौँ,’ अध्यक्ष ज्ञवालीले भने, ‘१२६ पालिकामा भएका भूमिहिनको तथ्यांक संकलन सकिसकेको छ ।

    हालसम्म १३ लाख परिवार बढिको तथ्यांक आएको छ । १५ लाख अनुमान गरेकामा करिब २१÷२२ लाखको तथ्यांक आउने देखिएको छ ।’ प्रदेश नम्बर १ का विभिन्न जिल्लाको भूमिहिनको समस्या अनुगमनकाक्रममा दिक्तेल आइपुगेका अध्यक्ष ज्ञवालीले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या पहाडमा कम भएपनि तराई र भित्री मधेशमा गम्भीर र सघन रहेको बताए । उनले भूमिहिनको पहिचान, सत्यपन र प्रमाणीकरणको दायित्व सम्वन्धित स्थानीय सरकारको भएको बताएका छन् । 
    कार्यक्रम भूमि सम्वन्धी समस्या समाधान आयोगको जिल्ला समिति खोटाङका अध्यक्ष हरिकुमार पोखरेलको अध्यक्षतामा भएको थियो । 

    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - ०७:५४:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको