युनाईटेडलाई स्तब्ध पार्दै सेभिया फाईनलमा

युनाईटेडलाई स्तब्ध पार्दै सेभिया फाईनलमा

रोदिक खबर

१, भाद्र २०७७
  • 1.8K
    SHARES
  • युनाईटेडलाई स्तब्ध पार्दै सेभिया फाईनलमा

    भदौ १ सोमवार, २०७७
    काठमाडौं । सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । म्यान्चेष्टर युनाईटेडलाई २–१ ले पराजित गर्दै सेभिया फाईनल प्रवेश गरेको हो ।


    ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । सेभियाका फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए ।

    प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको यस सिजन समेत ठुलो उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाईनलमा पराजित भएको छ । सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासँग भिड्ने छ ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १४:१७:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको