शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

लोकल रक्सीलाई ब्राण्ड बनाउन सम्भव छ :  मन्त्री राई 

लोकल रक्सीलाई ब्राण्ड बनाउन सम्भव छ :  मन्त्री राई 

रोदिक खबर

२२, चैत्र २०७७
  • 3.4K
    SHARES
  • लोकल रक्सीलाई ब्राण्ड बनाउन सम्भव छ  :  मन्त्री राई 

    खोटाङ । प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले लोकल रक्सीलाई ब्राण्ड बनाउने अभियान चुनौतीपूर्ण भएपनि सम्भव भएको बताएकी छन् ।

    प्रेस चौतारी नेपाल खोटाङले शनिवार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सामाजिक विकास मन्त्री राईले लोकल रक्सीलाई ‘व्यान्ड भर्सेस ब्राण्ड’ बनाउने अभियान सफल पार्नका लागि सरकारसँग लविङ भइरहेको बताएकी छन् ।

    ‘सरकार जनताको साथमा छ, म जनताको साथमा छु, म अहिले काम गर्ने ठाउँमा पुगेकाले यस नारालाई सार्थकतामा पुर्‍याउन लविङ भइरहेको छ,’ मन्त्री राईले भनिन्, ‘एक तहसम्म कुरा अघि बढाउँदा सबैतिरबाट पोजिटिभ कुरा आएकाले आँट गरेर अघि बढेको छु ।’ 

    सामाजिक विकास मन्त्री राईले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके मात्र समृद्धिको ढोका खुल्ने बताईन् । उनले यहाँ भएका माटो, हावापानी, जंगल, स्थानीय उत्पादन प्रवद्र्धन र व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय मार्केटमा पुर्‍याएर देशले आर्थिक समृद्धि  प्राप्त गर्ने उल्लेख गरिन् ।

    ‘विदेशबाट दुई खर्वको रक्सी ल्याएर खाँदा रहेँछौँ, यहाँको रक्सीलाई भने माटोमा मिलाउँदा रहेछौँ,’ मन्त्री राईले भनिन्, ‘यहाँ फ्रुट फरेष्टको अभियान चलाउन सकिन्छ । गाँजा र रक्तचन्दन खेतीबाट आम्दानी गर्न सकिन्छ । धेरै वटा सम्भावना तर एउटा ‘व्यान्ड भर्सेस ब्राण्ड’बाट यो अभियानको सुरुवात गर्ने योजना छ ।’ 

    प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - ०१:१५:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको