राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट 

राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट 

रोदिक खबर

३१, चैत्र २०७७
  • 5.3K
    SHARES
  • राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट 

    खोटाङको साकेला गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी छात्रमाथि शिक्षकबाटै कुटपिट भएको छ । छात्रतर्फको १ हजार ५ सय मिटर दौड प्रतियोगीतामा सहभागी बनेका साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माविका छात्र दिपेन कार्कीमाथि प्रतियोगीताका सह–आयोजक रहेको साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविका सह–प्रधानाध्यपक प्रकाश राई लगायतबाट कुटपिट भएको हो ।

    साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा आयोजित प्रतियोगीतामा शनिबार ग्राउण्डमा कुदिरहेकै अवस्थामा छात्र कार्कीमाथि सह–प्रधानाध्यपक राई, अन्य शिक्षक र स्वयंसेवकबाटै कुटपिट भएको हो ।

    प्रतियोगीतामा खेलाडीले अनुशासन उल्लंघन गरेको अवस्थामा कारबाहीको प्रकृया अपनाउनुको सट्टा आयोजक रहेको विद्यालयका सह–प्रधानाध्यपकबाटै कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट गरिएको भन्दै दर्शकले विरोध जनाएका छन् । श्रोतले पत्रकारलाई उपलव्ध गराएको भिडियोमा समेत दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि आक्रमण भएको देखिन्छ । 

    दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट भएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष जीवन खत्रीले विज्ञाप्ति जारी गर्दै विरोध जनाएका छन् । प्रतियोगीतामा सहभागी विद्यार्थीमाथि आयोजक टिमबाटै भएको कुटपिटको घट्ना निन्दनीय र अक्षम्य भएको विज्ञाप्तिमा उल्लेख छ ।

    नेविसंघले राष्ट्रपति रनिङ शिल्डजस्तो गरिमा बोकेको खेल प्रतियोगीतामा खेल संयोजकबाटै गुण्डागर्दी शैलीमा गरिएको कुटपिटको घटनामा संलग्न सबै व्यक्ति उपर कडा कारबाहीको माग गरेको छ । दौडमा सहभागी कार्कीले अर्का प्रतिष्पर्धीलाई बाटो छेकेका कारण सह–प्रधानाध्यपक राई नै आक्रमणमा उत्रेको दावी गरिएको छ । 

    साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले राष्ट्रपति रनिङ शिल्डमा भएको विवाद तथा विद्यार्थीमाथि भएको भनिएको हातपात सम्बन्धि समिक्षात्मक भेला आगामी बैशाख ४ गते बोलाइएको बताए ।

    गाउँपालिका अध्यक्ष खड्काले राजनैतिक दृष्टिकोणबाट अभिप्रेरित भएर चलखेल नगर्न आग्रह गरेका छन् । ‘खेलकुद अनुशासन उल्लघंन गर्ने र घट्नामा संलग्न व्यक्ति तथा संस्थामाथि छानविन गरि कार्वाही गर्ने व्यहोरा जानकारी गराउँदछु,’ गाउँपालिका अध्यक्ष खड्काले फेसबुकमा लेखेका छन्, ‘यस अवधिमा सरोकारवाला पक्ष सबैमा संयमित भई धैर्य गर्न समेत अनुरोध गर्दछु ।

    यस घट्नालाई लिएर विभिन्न पक्षबाट भेगीय तथा राजनीतिक दृष्टिकोणबाट अभिप्रेरित भई गलत उद्देश्य राखी चलखेल नगर्न समेत अनुरोध गर्दछु ।’ 

    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - ०७:५६:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको