बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

रोदिक खबर

३१, चैत्र २०७७
  • 4.0K
    SHARES
  • उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ ।

    यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए ।

    स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७/८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

    उनका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारिक निर्णय हुन बाँकी छ ।

    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १४:३२:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको