राष्ट्रपति रनिङ शिल्ड दुर्छिम माबिले उचाल्यो  

राष्ट्रपति रनिङ शिल्ड दुर्छिम माबिले उचाल्यो  

रोदिक खबर

१, बैशाख २०७८
  • 4.8K
    SHARES
  • राष्ट्रपति रनिङ शिल्ड दुर्छिम माबिले उचाल्यो  

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको प्रथम उपाधि दुर्छिम मावि दुर्छिमले उचालेको छ । मंगलबार सम्पन्न प्रतियोगीतामा १० स्वर्ण, ७ रजत र ५ कास्य सहित दुर्छिम माविले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।

    नगरपालिकाको आयोजनामा गत चैत २७ गतेदेखि जारी प्रतियोगीतामा ७ स्वर्ण, ६ रजत र ५ कास्य सहित महेन्द्रोद्धय मावि हलेसी दोश्रो तथा ५ स्वर्ण, ४ रजत र ८ कास्य सहित पिपलडाँडा देविस्थान मावि मंगलटारले तेश्रो स्थान प्राप्त गरेको छ । विजेता टिमलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई लगायतले शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका छन् ।

    भलिबल, एथ्लेटिक्स र कबड्डीमा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि नगरपालिकाका ११ वडाभित्रका ११ वटा माबिले प्रतिष्पर्धा गरेको खेलकुद प्रशिक्षक मिलन कसजुले बताए । 

    यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौट गरिएको छ । नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीताबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने भलिबल, एथ्लेटिक्स र कबड्डी प्रतियोगीताका खेलाडी छनौट गरिएको हो ।

    छनौट प्रतियोगीताबाट छानिएका खेलाडीले आगामी बैसाख ३ गतेदेखि हुने जिल्ला स्तरिय छनौट प्रतियोगीतामा सहभागी हुने अवशर पाउने छन् । जिल्लामा छनौट भएका खेलाडीले प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी हुने अवशर पाउने खेलकुद प्रशिक्षक कसजूले बताए । 

    प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०७:५८:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको