नेबिसंघ नेता भुजेलले दिए विद्यालयलाई खेल सामग्री, विद्यार्थीलाई शैक्षिक सामग्री 

नेबिसंघ नेता भुजेलले दिए विद्यालयलाई खेल सामग्री, विद्यार्थीलाई शैक्षिक सामग्री 

रोदिक खबर

६, बैशाख २०७८
  • 4.1K
    SHARES
  • नेबिसंघ नेता भुजेलले दिए विद्यालयलाई खेल सामग्री, विद्यार्थीलाई शैक्षिक सामग्री 

    खोटाङ । नेपाल विद्यार्थी संघ खोटाङका सह–सचिव किसन भुजेलले आफुले अध्ययन गरेको विद्यालयलाई खेलकुद तथा छात्र÷छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

    नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवशर पारेर सह–सचिव भुजेलले आफ्नो जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्या माबिलाई भलिबल, जाली तथा छात्र/छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । 

    pa1.jpg

    सह–सचिव भुजेलले सोमबार विद्यालयलाई चार थान भलिबल, एक थान जाली तथा जेहेन्दार, लगनशील, जनजाती, दलित, गरिब र महिला गरी १८ जना छात्र/छात्रालाई कापी कलम प्रदान गरेका हुन् ।

    कांग्रेस क्षेत्रीय सदस्य नेता चुडामणी चाम्लिङको प्रमुख आतिथ्यतामा विद्यालयका प्रअ मनकाजी राईलाई खेल सामग्री तथा छात्र÷छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको सह–सचिव भुजेलले बताए । 

    प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १८:४३:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको