शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

विराटनगरमा शनिबार रातिदेखि निषेधाज्ञा

विराटनगरमा शनिबार रातिदेखि निषेधाज्ञा

रोदिक खबर

१७, बैशाख २०७८
  • 1.7K
    SHARES
  • विराटनगरमा शनिबार रातिदेखि निषेधाज्ञा

     विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो ।

    उनका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ । शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले पनि निषेधाज्ञा जारी गरेको छ । आइतबार रातिबाट लागु हुनेगरी एकसातासम्म निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बिहानबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

    प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २१:२८:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको