शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार महासंघको मास्क र सेनीटाइजर

पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार महासंघको मास्क र सेनीटाइजर

रोदिक खबर

१८, बैशाख २०७८
  • 4.1K
    SHARES
  • पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार महासंघको मास्क र सेनीटाइजर

    खोटाङ ।  नेपाल पत्रकार महासंघ शाखा खोटाङले पत्रकार तथा सञ्चार माध्यमलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । महासंघले कोभिड–१९ को महामारीका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकार तथा सञ्चार माध्यमलाई मास्क तथा सेनीटाइजर वितरण गरेको हो ।

    शनिबार खोटाङखबर साप्ताहिकको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, पत्रकार महासंघका निवर्तमान अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य लगायतले पत्रकार तथा सञ्चार माध्यमलाई स्वास्थ्य सरसफाईका सामग्री हस्तान्तरण गरेका छन् ।

    दिनानुदिन रिपोर्टिङमा हिँडिरहनु पर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क र सेनीटाइजर प्रदान गरिएको महासंघका अध्यक्ष खत्रीले बताए । 

    महासंघले जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको सेनीटाइजर र  मास्क पत्रकार तथा सञ्चार माध्यमलाई वितरण गरेको जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १५:३४:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको