नेपाल पत्रकार महासंघ खोटाङद्वारा दिक्तेलबजारमा सम्पर्क कार्यालय स्थापना

नेपाल पत्रकार महासंघ खोटाङद्वारा दिक्तेलबजारमा सम्पर्क कार्यालय स्थापना

रोदिक खबर

१८, बैशाख २०७८
  • 7.9K
    SHARES
  • नेपाल पत्रकार महासंघ खोटाङद्वारा  दिक्तेलबजारमा सम्पर्क कार्यालय स्थापना

    नेपाल पत्रकार महासंघ खोटाङले दिक्तेलबजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलव्ध गराएको रत्नपार्कस्थित जग्गामा कच्ची भवन भएपनि लामो समयदेखि प्रयोगमा नआएकाले सहजताका लागि खोटाङखबर साप्ताहिक कार्यालय भएको तल्लो तलामा महासंघको सम्पर्क कार्यालय स्थापना गरिएको पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीले जानकारी दिए । महासंघको सम्पर्क कार्यालय सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यले बोर्ड राखेर स्थापना सुरुवात गरेका हुन् । 

    प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १५:४६:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको