शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

रोदिक खबर

१९, बैशाख २०७८
  • 1.5K
    SHARES
  • भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

     काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ । अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

    प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २०:५९:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको