शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कोरोना संक्रमण पुष्टि भएपछि साकेलाको एक वडा सिल

कोरोना संक्रमण पुष्टि भएपछि साकेलाको एक वडा सिल

रोदिक खबर

२०, बैशाख २०७८
  • 3.1K
    SHARES
  • कोरोना संक्रमण पुष्टि भएपछि साकेलाको एक वडा सिल

     खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई शिल गरिएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई एकै साथ कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सोमबार वडालाई शिल गरिएको हो ।

    संक्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तीको कन्ट्याक्ट ट्रोसिङ सुरु गरिएको र कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तीको पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

    कोरोना संक्रमित फेला परेसँगै वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

    गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो ।

    काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् । उनीहरु दिक्तेलबजार हुँदै घर पुगेको खुलेको छ । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ ।

    संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

     खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परिक्षणमा तत्परता देखाएको हो । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तीको पिसिआर परिक्षणमा ध्यान पुर्‍याउन सकेको छैन ।

    प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - २१:१८:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको