शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

रिसोर्टमा मृत भेटिएका कामदारको चार दिनसम्म पोष्टमार्टम हुन सकेन 

रिसोर्टमा मृत भेटिएका कामदारको चार दिनसम्म पोष्टमार्टम हुन सकेन 

रोदिक खबर

२१, बैशाख २०७८
  • 2.6K
    SHARES
  • रिसोर्टमा मृत भेटिएका कामदारको चार दिनसम्म पोष्टमार्टम हुन सकेन 

    खोटाङ । खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टमा बैशाख १८ गते साँझ मृत फेला परेका कामदारको शवको पोष्टमार्टम हुन सकेको छैन । सुतेकै कोठामा मृत फेला परेका धादिङको निलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय एकबहादुर मल्ल ठकुरीको तीन दिन बत्दा समेत पोष्र्टम हुन नसकेको हो ।

    ठकुरीको शव बैशाख १९ गतेदेखि जिल्ला अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ । जाम्बाला रिसोर्टका सञ्चालक वार्तामा आउनुपर्ने र मृतक परिवारको माग पूरा गर्नुपर्ने भन्दै आफन्तले पोष्टमार्टमका लागि जाहेरी नदिएपछि पोष्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अम्मरप्रसाद गजमेरले बताए । 

    मृतकको शवलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने, गाडी रिजर्भ गरेर खोटाङ आएका मृतकका ७ जना आफन्तको खर्च बेहोर्नुपर्ने र किरिया खर्च उपलव्ध गराउनुपर्ने मृतक परिवारको माग छ । रिसोर्टका आधिकारिक व्यक्तीको उपस्थितिमा छलफल गरेर सहमतीपछि मात्र शवको पोष्टमार्टम गर्न अनुमति दिइने मृतकका भाई शेरबहादुर मल्ल ठकुरीले बताए ।

    ‘पोष्टमार्टम अगाडि रिसोर्टको आधिकारिक व्यक्ति छलफलमा आउनु पर्छ । घरसम्म शव लैजाने व्यवस्था हुनुपर्छ । रिजर्भ गाडीको भाडा दिनानुदिन उठिरहेको छ, खानामा उत्तिकै खर्च भइरहेको छ । त्यो खर्च रोजगारदाता पक्षले हेर्नुपर्छ भन्ने हाम्रो आग्रह हो,’ शेरबहादुरले भने, ‘हामीले क्षतीपूर्ति चाहियो भनेका छैनौं । हामीलाई किरिया खर्च दिनुपर्छ । त्यत्रो होटल चलाउने कम्पनीको आफ्नो स्टाफप्रति रेस्पोन्सिविलिटी पनि होलान् भन्ने हाम्रो धारणा हो ।’ 

    एकबहादुरको मृत्यु खबरपछि गाडी रिजर्भ गरेर ७ जनाको टोली खोटाङ आएका थिए । तीन दिनसम्म मृतकको पोष्टमार्टम नै नहुने अवस्था आएपछि जाम्बाला रिसोर्टका प्रतिनिधि पनि दिक्तेल आउदै गरेको बताइएको छ । जाम्बाला रिसोर्ट सञ्चालक मध्येका सिपी सुबेदीले भने मृतक परिवारलाई २० हजार किरिया खर्च उपलव्ध गराउने र शव पुर्‍याइदिने अथवा मृतक परिवारलाई एकमुष्ट एक लाख दिने र सवै व्यवस्थापन मृतक परिवारले नै गर्नुपर्ने प्रस्ताव राखिएको बताए । 

    दिउँसो खाजा खाएर कामदार सुत्ने रिसोर्टकै कोठामा आराम गर्न गएका एकबहादुर बेलुका मृत फेला परेका थिए । उनी गत बैशाख १ गते मात्र जाम्बाला रिसोर्टमा कामदारका रुपमा आएका थिए । उनका श्रीमती र १० वर्षकी छोरी छन् । 

    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १५:४४:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको