शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रमोद कोयी राई

खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रमोद कोयी राई

रोदिक खबर

२७, बैशाख २०७८
  • 14.7K
    SHARES
  • खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रमोद कोयी राई

    वेलायत ।  खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।  भर्चुअल (जुम) माध्यमबाट आइतवार सम्पन्न अधिवेशनले डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

    कार्यसमितिको उपाध्यक्षमा भाग्यती राई, प्रसाद राई, झलम राई र भविन राई, महासचिवमा भोलाविक्रम राई, सचिवमा रोजिना राई, देवेन्द्र खेरेस राई र  राजेन्द्र राई, कोषाध्यक्षमा चन्द्र जयपाल र सह–कोषाध्यक्षमा सन्जिव राई निर्वाचित भएका छन् ।

    यस्तै, सदस्यहरुमा क्या.सन्तोष राई, बशन्त गुरुङ, खिलेन्द्र राई, जानुका राई, धिरज राई, सन्जिव राई ‘पारदर्शी’, सुमि राई (ननिन्टन),  लिला गोम्देन, बमबहादुर तामाङ, शिवध्वज राई, अरुणा राई, प्रज्वल राई, पुजन खत्री र ढाकबहादुर राना रहेका छन । 

    विश्वभर फैलिएको महामारी कोभिड १९ रोकथाम र नियन्त्रण गर्न बेलायतमा अझैं आंसिक लकडाउन रहेको कारण सहज रुपमा ठूलो जमघट गर्न प्रतिबन्ध नहटेकोले अधिवेशन भर्चुअल (जुम) माध्यमबाट गर्नु परेको खोसेस युकेका तत्कालीन अध्यक्ष मेजर (रि.) भुपजीत पुमा राईले जानकारी दिए ।

    निःस्वार्थ सामाजिक सेवा भावले सन् २००७ मा स्थापना गरिएको खोटाङ सेवा समाज वेलायतमा रहेका खोटाङेहरुका बिच र गृह जिल्ला खोटाङमा विभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ ।

    सन् २०१७ मा समाजले खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराएको थियो । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउका लागि दुई प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क र चिसापानी,  तथा पाँच स्वास्थ्य चौकीहरु डाँडागाउँ, बाक्सिला, सिम्पानी, निर्मलीडाँडा, बुइपाका लागि सातवटा एम्बुलेन्स र जिल्ला अस्पताल खोटाङ्मा १ थान अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएको थियो ।

    त्यसै गरी समाजको प्रत्येक कार्य समितिको एक कार्यकालमा खोटाङमा जन्मेर विभिन्न क्षेत्रहरुमा क्रियाशिल विशिष्ट व्यक्तिहरु मध्येबाट छनौंट गरी नगद  एक लाख र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र साहित्य, संगीत, कला क्षेत्रमा साधनारत प्रतिभाहरु मध्येबाट एकलाई नगद  ५० हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ समेत प्रदान गर्दै आइरहेको छ ।

     

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १०:१५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको