शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री ओली

सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री ओली

रोदिक खबर

२७, बैशाख २०७८
  • 1.8K
    SHARES
  • सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री ओली

     काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु।

    कोरोनाको महामारी छ। विचारमार्फत होइन। स्वार्थ र संलग्नतालाई हेरेर होइन। सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ। सच्चाइलाई पछ्याउँछौँ भने वर्तमान सरकार विश्वास नगर्नुपर्ने सरकार होइन।’ राष्ट्रियता र स्वाधिनताको पक्षमा अहिलेको सरकार कटिबद्ध भएको उनले स्पष्ट गरे।

    सुशासन र शान्ति सम्झौतालगायत देश विकासमा आफ्नो सरकार लागेको ओलीले दाबी गरे।  कोरोना महामारी नियन्त्रण गर्नका लागि सरकार लागिरहेको उनको भनाइ छ। उनले भने, ‘कोरोनाको खोप ल्याउनुमा अनियमिता भएको छैन, भएकाे पाइएमा कारबाही हुन्छ। हामीले पहिलो चरणमा पनि खोप ल्याएका थियाैँ।

    अहिले पनि सरकार कोरोना नियन्त्रणमा लागिरहेको छ।’ कोरोना रोकथाम तथा नियन्त्रणमा राजनीतिक सहमति बन्न नसकेको भन्दै उनले दु:ख व्यक्त गरे। संविधान आवश्यकताको आधारमा संशोधन हुनसक्ने समेत उनले बताए।

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १४:३७:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको