शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा जना १० संक्रमित थपिए

खोटाङमा जना १० संक्रमित थपिए

रोदिक खबर

२७, बैशाख २०७८
  • 1.7K
    SHARES
  • खोटाङमा जना १० संक्रमित थपिए

    खोटाङ । खोटाङमा १० जना कोरोना संक्रमित थपिएका छन् । सोमबार गरिएको एन्टीजेन/पिसिआर परिक्षणमा ऐसेलुखर्क गाउँपालिमाका ५ जना, खोटेहाङ गाउँपालिकाका २ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । 

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २६ जना, साकेला गाउँपालिकामा १२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, ऐसेलुखर्क गाउँपालिकामा ६ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना र खोटेहाङ गाउँपालिकामा २ जनालाई कोरोना संक्रमण पूष्टी भइसकेको छ ।

    संक्रमितमध्ये ५५ जना होमआइसोलेसनमा र ४ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकिएको छ । 

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - २१:३७:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको