शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

हातहतियार र जङ्गली जनावरको छाला सहित खोटाङमा चार जना पक्राउ

हातहतियार र जङ्गली जनावरको छाला सहित खोटाङमा चार जना पक्राउ

रोदिक खबर

२, जेठ २०७८
  • 7.1K
    SHARES
  • हातहतियार र जङ्गली जनावरको  छाला  सहित खोटाङमा चार जना पक्राउ

    खोटाङ ।  हातहतियार र जङ्गली जनावरको छाला सहित खोटाङमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री र जङ्गली जनावरको छाला सहित चार जनालाई पक्राउ गरेको होे । 

    पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

    शनिवार राती १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको उनीहरुबाट ३ थान भरुवा बन्दुक, मरेको मृगको टाउको, सालकको खपेटा ४८० ग्राम र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरू सहित नियन्त्रणमा लिएको चिमोरियाको भनाई छ।

    यस्तै, बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगायतका भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरू सहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०९:४७:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको