खोटाङ । आगलागी हुँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका कुलबहादुर खत्रीको पाँच लाखभन्दा बढीको धनमाल क्षती भएको छ ।
बिहिबार बिहान चुल्होबाट सल्किएको आगोले दुई तले घर जल्दा ५ लाख २० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगालीमा घर, घरभित्र राखिएको काठपात, भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायत जलेर नष्ट भएको छ ।