शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आफूसँग बहुमत सांसद रहेको दावीसहित शीतलनिवास पुगे ओली

आफूसँग बहुमत सांसद रहेको दावीसहित शीतलनिवास पुगे ओली

रोदिक खबर

७, जेठ २०७८
  • 3.5K
    SHARES
  • आफूसँग बहुमत सांसद रहेको दावीसहित शीतलनिवास पुगे ओली

    काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । ‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो ।

    हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

    प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १६:३९:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको