शुक्रवार, भाद्र २६ गते २०८३

अवैध काठसहित दुई जना पक्राउ

अवैध काठसहित दुई जना पक्राउ

रोदिक खबर

१, भाद्र २०७७
  • 4.1K
    SHARES
  • अवैध काठसहित दुई जना पक्राउ

    कैलाली । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

    गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

    सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ ।

    बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १५:२७:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको