संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च जाँदै विपक्षी गठबन्धनका सांसदहरु

संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च जाँदै विपक्षी गठबन्धनका सांसदहरु

रोदिक खबर

१०, जेठ २०७८
  • 3.8K
    SHARES
  • संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च जाँदै विपक्षी गठबन्धनका सांसदहरु

    संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका सांसदहरु सोमबार सर्वोच्च अदालत जाँदैछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार सर्वोच्च जान लागेका हुन् ।

    रिट हाल्नका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेर सर्वोच्च र्वोच्च जान लागेका हुन् ।

    रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको जिकीर गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०८:५२:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको