शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पत्रकारलाई सबै सरकारी अस्पतालमा निःशुल्क उपचार

पत्रकारलाई सबै सरकारी अस्पतालमा निःशुल्क उपचार

रोदिक खबर

१५, जेठ २०७८
  • 1.7K
    SHARES
  • पत्रकारलाई सबै सरकारी अस्पतालमा निःशुल्क उपचार

    काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

    पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए ।मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।

    श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताएका हुन्।

    प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १८:४७:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको