शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङ सेवा समाज यूकेद्वारा भर्चुअल अन्तरक्रिया 

खोटाङ सेवा समाज यूकेद्वारा भर्चुअल अन्तरक्रिया 

रोदिक खबर

१७, जेठ २०७८
  • 10.6K
    SHARES
  • खोटाङ सेवा समाज यूकेद्वारा भर्चुअल अन्तरक्रिया 

    कोभिड–१९ को महामारीका बेला खोटाङका लागि आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने विषयमा परामर्श लिनका लागि खोटाङ सेवा समाज यूकेले भर्चुअल माध्यमबाट सर्वपक्षीय अन्तरक्रिया गरेको छ । समाजले खोटाङका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, प्रशासन, स्वास्थ्य कार्यालय, पत्रकार लगायतको सहभागीतामा शनिबार साँझ भर्चुअल अन्तरक्रिया गरेको हो ।

    भर्चुअल अन्तरक्रियामा जिल्लामा कोरोनाको असर, स्थानीय स्तरबाट कोरोना नियन्त्रणमा भइरहेका प्रयास र खोटाङ सेवा समाज यूकेले गर्ने सहयोगको पारदर्शिता र प्रभावकारिताका विषयमा छलफल गरिएको थियो ।

    कार्यक्रममा सहभागीको सुझाव तथा धारणा आएपछि खोटाङ सेवा समाज यूकेका अध्यक्ष डा. प्रमोद राईले आफ्नो गाँस काटेर दिएको आर्थिक सहयोग पारदर्शी र न्यायोचितढंगले वास्तविक पीडितसम्म पुग्ने बिश्वास लिएको उल्लेख गरेका छन् । डा. राईले आगामी हप्ता/दश दिनभित्र जिल्लालाई स्वास्थ्य उपकरण प्रदान गरिसक्ने बताएका छन् । 

    समाजका अध्यक्ष डा. राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख बिणादेवी राई, हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राई, खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई सहभागिता रहेको थियो । 

    नेकपा (एमाले) का जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्रका अध्यक्ष देवान किराती पृथ्वी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्य राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला अस्पतालका प्रमुख डा.वैभव मल्लिक, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दमन राई लगायतको सहभागिता रहेको थियो । 


    समाजका महासचिव राईले सञ्चालन गरेको कार्यक्रममा समाजकातर्फबाट उपाध्यक्ष भगवती राई, प्रसाद राई र भविन राई, सह–कोषाध्यक्ष सञ्जिव राई लगायतको सहभागिता रहेको थियो । 

    प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - १३:०१:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको