चैते धानमा फड्के किराको प्रकोप 

चैते धानमा फड्के किराको प्रकोप 

रोदिक खबर

२४, जेठ २०७८
  • 3.1K
    SHARES
  • चैते धानमा फड्के किराको प्रकोप 

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले रोपेको धान बालीमा फड्के किरा (राइस होपर) को प्रकोप फैलिएको छ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी, रावाबेँसी गाउँपालिका–२ खार्पाको रावा खोला किनार आसपासका खेतमा रोपिएको चैते धान बालीमा फड्के किराको प्रकोप फैलिएको हो ।

    डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए । 

    गाउँपालिकाको जलजले, चालिसे, टारी, हौंचुरबेँसी, आम्बोटे लगायतका ठाउँबाट पनि धानमा फड्ने किराको प्रकोप फैलिएको बारेमा जानकारी आउन थालेको गाउँपालिकाले जनाएको छ ।

    फड्के किराको आक्रमणका कारण हालसम्म करिब ६ सय हेक्टरभन्दा बढि क्षेत्रका धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ । मूख्य बालीका रुपमा रोपिएको धानमा फड्के किराको प्रकोप फैलिएपछि किसान चिन्तित छन् । फड्के किराले धानको गाँजमा बसेर चुस्न थालेपछि बोट पहेँलो हुँदै जाने र मर्ने गरेको कृषि प्राविधिकको भनाई छ ।

    धान बालीमा फैलिएको फड्के किरा नियन्त्रणका लागि विषादि वितरण गरेर प्रभावित क्षेत्रमा छर्न सुरु गरिएको कृषि शाखा संयोजक राईले बताए । 

    प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - १४:४८:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको