औराबनीमा संचालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत चारजना कामदार सहित सुनसरीमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार पछिल्लो अवस्था सम्म प्राप्त रिपोर्ट अनुसार जिल्लाबाट स्वाब संकलन गरिएका मध्ये ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका २ थुनुवामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ । दुई सशस्त्र प्रहरीमा समेत कोरोना पोजेटिभ पाइएको छ । यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ३२ पुगेको स्वास्थ्य कार्यालयले सुनसरीले जनाएको छ ।
उता औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउने तर्फ पहल थालेको छ । कामदारहरुलाई कार्यालय भित्रै राखेर उद्योग संचालन गर्नु पर्ने भए पनि सीजीमा कार्यरत कामदार भने घरबाटै आउजाउ गर्दै आएको गाउँपालिकाले जनाएको छ ।