शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

तिब्बतमा पहिरोले नदी थुनिएपछि नदीको बहाब रोकियो, सतर्क रहन प्रशासनको आग्रह

तिब्बतमा पहिरोले नदी थुनिएपछि नदीको बहाब रोकियो, सतर्क रहन प्रशासनको आग्रह

रोदिक खबर

५, आषाढ २०७८
  • 5.1K
    SHARES
  • तिब्बतमा पहिरोले नदी थुनिएपछि नदीको बहाब रोकियो, सतर्क रहन प्रशासनको आग्रह

    दोलखा। जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ ।

    नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा भारी बर्षा भएसँगै पहिरो आउँदा नदीको बहाब रोकिन गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती एक सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रको वस्ती तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने भएकाले सजग रहन र कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान आग्रह गरेकाे छ ।

    Tamakoshi-flood.jpg

    प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - ०८:२१:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको