शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा चार विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

खोटाङमा चार विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

रोदिक खबर

१६, आषाढ २०७८
  • 3.9K
    SHARES
  • खोटाङमा चार विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

    खोटाङ । सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासन विरुद्ध तथा संसद पुःर्नस्थापनाको मागमा खोटाङका चार विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

    सत्ताबाहिर रहेका दल निकट नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन र अनेरास्ववियु (नेपाल समुह) ले बुधबार साँझ दिक्तेलको किरातचोक (रत्नपार्क) मा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । केन्द्रमा गठित संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार चार विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको जनाएका छन् ।

    विद्यार्थीको संयुक्त संघर्ष समितिले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का नारा लगाउँदै पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । 

    पुत्ला दहन कार्यक्रमलाई विद्यार्थीको संयुक्त संघर्ष समितिका तर्फबाट सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले विधिको शासन र संसदको सरकार निर्माण गर्ने अधिकारलाई सुरक्षित गर्न सवोच्च अदालतबाट संसदको पुःर्नस्थापना हुुने विश्वास व्यक्त गरे ।

    ‘वर्तमान सरकार संविधान, लोकतन्त्र र प्रजातन्त्रलाई नै खतरामा पार्न उद्यत छ । कोभिड–१९ को महामारीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने सरकार आफ्नै अगाडि नागरिक मरेको देख्दैन,’ अध्यक्ष बस्नेतले भने, ‘निरन्तर आफ्नो अहमता प्रदर्शन गरिरहेको छ । कुकृत्य साँध्छ, नागरिकको हकमाथि सौदावाजी गरेर दुःख दिने काम गर्छ । नागरिकले प्रजातान्त्रिक अधिकारमाथि जीत हासिल गरेको संविधानलाई लात हानेर सत्ताको दुरुपयोग गर्दै संसद भंग गर्द उद्यत छ । यसका विरुद्ध सचेत नागरिक एकजुट हुन आवश्यक छ ।’ 

    संयुक्त संघर्ष समितिले लकडाउनको अवधिको सम्पूर्ण शुल्क राज्यले वहन गरी विद्यार्थीलाई शुल्क नथोपर्न र मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    यस्तै, मन्त्री पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीबाट संविधान र कानूनलाई चुनौती दिने गरिएका हर्कतको विरोध गर्दै दलित आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै विद्यार्थीको संयुक्त संघर्ष समितिले कोभिड–१९ को महामारीको विकल्प खोप भएको हुँदा आम नागरिकलाई खोप व्यवस्था गर्न, विद्यार्थी र शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोपको व्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको वातावरण तयार गर्न, महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मुल्यवृद्धि, आकाशिएको महंगी, कालाबजारी नियन्त्रण गर्न तथा कोभिड विरुद्धको खोप एवं स्वास्थ्य सामग्री खरिदमा भएको चरम भ्रष्टाचारप्रति राज्यले साँधेको मौनताको भत्र्सना गर्दै जनताप्रति जवाफदेही र उत्तरदायी भूमीका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

    प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - २१:२३:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको