जारी युरोकपको क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ। शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो ।
स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । १० खेलाडीमा सीमित स्विट्जरल्याण्डलाई हराउन स्पेनलाई निकै सकस भएको थियो।
खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । स्विट्जरल्यान्डको लगातार तीन पेनाल्टी स्पेनका कीपरले रोकेपछि जार बेहोरेको हो । सेमिफाइनल प्रवेशका लागि आजै राति इटली र बेल्जियम खेल्दै छन् ।