खोटाङमा एक जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । साकेला गाउँपालिका–४ मात्तिमकी २५ वर्षीया सरस्वती कट्वाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार उद्धार गरिएको हो ।
सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रशव पीडा बढेपछि र उनको अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल दिक्तेलमा उपचार असम्भव भएकाले कटवाललाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लाबाट हालसम्म १० जना महिलाको उद्धार गरिएको श्रोतले जनाएको छ ।