शुक्रवार, भाद्र २६ गते २०८३

मृतक विश्वकर्मा परिवारलाई आर्थिक सहयोग 

मृतक विश्वकर्मा परिवारलाई आर्थिक सहयोग 

रोदिक खबर

२६, आषाढ २०७८
  • 9.1K
    SHARES
  • मृतक विश्वकर्मा परिवारलाई आर्थिक सहयोग 

    खोटाङ । कतारमा सुतेकै ठाउँमा मृत फेला परेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे इजाराका चन्द्रबहादुर लुहार विश्वकर्माको परिवारका लागि आर्थिक जुटेको छ । कतारमा कार्यरत कम्पनीबाट फर्किएपछि खानपिन गरेर सुतेको अवस्थामा आफ्नै कोठामा मृत फेला परेका विश्वकर्माको छोरीहरुको पठन–पाठन एवं घरायसी कामका लागि कतारमै रहेका शुभेच्छुकको पहलमा आर्थिक सहयोग जुटाइएको हो । 

    गत बैशाख २६ गते सुतकै ठाउँमा मृत फेला परेका विश्वकर्माको छोरीको शिक्षादिक्षा एवं घर खर्च चलाउनका लागि सहयोग पु¥याउने उद्धेश्यले उत्पीडित समानान्तर समाज कतारका अध्यक्ष कुमार विश्वकर्माको पहलमा एक लाख ५० हजारभन्दा बढी रकम संकलन गरेर मृतक परिवारलाई प्रदान गरिएको छ ।

    गणेश दर्नाल, किशोर दर्नाल, इन्द्र बिश्वकर्मा, गणेश घिमिरे, प्रेमविक्रम लुहार बिश्वकर्मा लगायतको सक्रियतामा विभिन्न जिल्लाका ३९ जना दाताबाट जुटाइएको सहयोग रकम आइएमई गरेर चन्द्रबहादुरको परिवारको नाममा पठाएको उत्पीडित समानान्तर समाजले जनाएको छ ।

    रोजगारीका सिलसिलामा केही वर्षअघि मात्र कतार पुगेका चन्द्रबहादुरको शव गत जेठ ३१ गते नेपाल ल्याइएको थियो । कोभिड–१९ को महामारीका कारण उनको शव स्वदेश ल्याउन सकस भएको आफन्तको भनाई छ । 

    चन्द्रबहादुरको दाहसंस्कारपछि कतारमा नेपाली दाजुभाई तथा आफन्तले शोक भेला गरेको छ । शोकसभामा उत्पीडित समानान्तर समाज कतारका अध्यक्ष बिश्वकर्मा संकलित रकम चन्द्रबहादुरको छोरीहरुको पढाइ लेखाई र आवश्यक खर्चमा सदुपयोग हुने बिश्वास व्यक्त गरेका छन् । 

    प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २३:२१:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको