शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

युवतीको चरित्रहत्या गर्न नक्कली फेसबुक आइडीको प्रयोग 

युवतीको चरित्रहत्या गर्न नक्कली फेसबुक आइडीको प्रयोग 

रोदिक खबर

४, श्रावण २०७८
  • 6.7K
    SHARES
  • युवतीको चरित्रहत्या गर्न नक्कली फेसबुक आइडीको प्रयोग 

    खोटाङ । सबैभन्दा चल्तीको सामाजिक सञ्जाल हो— फेसबुक । प्रयोगकर्ताहरूको उच्च चाप भएकै कारण स्टाटस अपडेट, च्याटिङ, म्यासेजिङमा मात्र यसको सीमितता छैन, ब्रान्डिङ, पब्लिसिटीजस्ता धेरै कामका लागि पनि फेसबुक रोजाइमा पर्दै आएको छ । सूचनाका लागि पनि फेसबुक त्यत्तिकै रुचाइएको सामाजिक सञ्जाल हो ।

    यद्यपि फेसबुक अपराधको अस्त्रसमेत बन्न थालेको घटनाक्रमहरूले देखाउँछ । फेसबुकलाई प्रयोग गरेर ठगी गर्ने, नक्कली एकाउन्ट बनाएर चरित्रहत्या गर्ने, अश्लील सन्देश पठाउने, प्रतिशोध साँध्ने, ब्ल्याकमेलिङ एवं गालीगलौज गर्ने घटनाहरू एकपछि अर्को गरी सतहमा आउन थालेका छन् । 

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट फ्रेण्ड रिक्वेस्ट आयो । ‘यो मायाको सागर’को फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदीबहिनीहरु देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर फ्रेण्ड रिक्वेस्ट स्वीकार गरिन् । तर, त्यही अपरिचितको फ्रेण्ड रिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ ।

    पटक–पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाइनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उनलाई तनाव भएको हो । नक्कली फेसबुक आइडीबाट गाउँघरमा हिँडडुल गर्नै अप्ठ्यारो हुनेगरी आक्रमण भएको उनी बताउँछिन् । 

    सोही ठाउँकी अर्की १९ वर्ष र २१ वर्षकै युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाटै पीडित छन् । ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन् । युवतीको टाइमलाइनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न । 
    ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट उनीहरु मात्र नभएर हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिण्डेदेखि काभ्रेसम्मका दर्जनौं युवती पीडित भएको पाइएको छ । अश्लिल स्टाटसले समाजमा मुख देखाउँनै असहज बनाएको पीडित युवतीले बताईन् ।

    किशोरीको तस्बिर राखेर पटक–पटक अश्लिल पोष्ट गर्दा परिवारमा समेत तनाव सिर्जना भएको छ । नक्कली फेसबुक अकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिक रुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भएको छैन । ‘हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ । घर परिवार र समाजले हेर्ने दृष्टिकोण समेत नकरात्मक बनेको छ ।

    व्यक्तिगत जीवन व्यतित गर्नै समस्या बनाएको छ,’ एक पीडित युवतीले भनिन्, ‘अव लजाएर चुप बसेर भएन । चुप लागेर बसिरह्यौं भने समाजले उल्टै हामीलाई नै नराम्रो ठान्ने रहेछ । थोरैले हामी निर्दोष छौँ भनेर बुझेका छन्÷बुझ्छन् । धेरैले त हामीलाई नै दोषी भनिरहेका छन् । हामी यसबाट उन्मुक्ति खोजिरहेका छौँ ।’ 

    नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारबाहीका लागि पीडित चार युवतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र असार १९ गते निवेदन दिएका छन् । यस्तै, असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठ्माण्डौंमा पनि निवेदन दिएको बताएका छन् । तर, हालसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

    हालसम्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए । ‘यो टेक्निकल कुरा भएकाले साइबर व्यूरोसँग समन्वय गरेर काम भइरहेको छ । त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ,’ प्रनाउ लम्सालले भने, ‘त्यो मान्छे विदेशमा भएकाले को, के हो भन्ने पत्ता लगाउन गा¥हो भइरहेको छ । त्यसको पहिचानका लागि इन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ ।’ 

    पीडित युवतीले नक्कली फेसबुक आइडीबाट आफ्नै तस्बिर राखेर अश्लिल स्टाटस लेखेको असार ११ गते मात्र थाहा पाएका थिए । ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट ‘पहिलो र दोश्रो भाग सकियो अव तेश्रो भाग आउँछ’ भनेर स्टाटस लेखेको पीडित युवती बताउँछन् ।

    मेसेञ्जरमा समेत अश्लिल शव्द प्रयोग गरेर सम्वाद गर्ने गरेको पाइएको छ । यद्यपि, प्रहरीसम्म उजुरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ । एक युवतीको तस्बिरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सोे तस्बिर समेत हटाएको पाइएको छ । 

    प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - २१:१८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको