शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आगलागीमा तीन लाख बराबरको धनमाल नष्ट 

आगलागीमा तीन लाख बराबरको धनमाल नष्ट 

रोदिक खबर

१३, भाद्र २०७७
  • 2.5K
    SHARES
  • आगलागीमा तीन लाख बराबरको धनमाल नष्ट 


    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले अम्बोटेका जमसरी राईको घरमा आगलागी भएको छ । घरमा ठूला मान्छे नभएको अवस्थामा शुक्रबार आगलागी हुँदा राईको ढुंगा, माटो र खरको छानो भएको तीन तले घर तथा घरमा भएका अन्नपात जलेर नष्ट भएको हो ।

    आगलागीमा राईको नगद १० हजार, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामाग्री जल्दा करिब ३ लाख बराबरको क्षति भएको सल्लेका वडाध्यक्ष काशीराज राईले बताए । 

    आगो स्थानीयबासी र प्रहरीचौकी अर्खौलेबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए । केटाकेटीले आगो खेलाउँदा घरमा आगोलागी भएको अनुमान गरिएको छ । केटाकेटीले घरमा अरिंगाल आएको र डढाउन खोज्दा आगलागी भएको जवाफ दिएको वडाध्यक्ष राईले बताए ।

    आगलागीबाट बिस्थापित ४ जनाको परिवारलाई वडा कार्यालयले पाल उपलव्ध गराएपछि स्थानीय नयाँ बिहानी दुधकोशी युवा क्लवले अस्थायी बसोबासको व्यवस्था मिलाएको जनाइएको छ । 

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १६:१२:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको