दम र मुटुको रोगबाट पीडित बिरामीलाई यूकेमा रहेका बाबुछोराको आर्थिक सहयोग

दम र मुटुको रोगबाट पीडित बिरामीलाई यूकेमा रहेका बाबुछोराको आर्थिक सहयोग

रोदिक खबर

१९, श्रावण २०७८
  • 5.3K
    SHARES
  • दम र मुटुको रोगबाट पीडित बिरामीलाई यूकेमा रहेका बाबुछोराको आर्थिक सहयोग

     खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई हाल यूकेमा रहेका बाबुछोराले दम र मुटुको रोगबाट पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

    हाल यूकेमा रहेका बुवा ध्यानवहादुर राई र उनका छोरा खगेन्द्र राईले दम तथा मुटु रोगी नेर्पाकै स्थानीय टिकाराम रिजाललाई आर्थिक सहयोग गरेका हुन् । बाबुछोराले गत सोमबारदेखि टिचिङ अस्पतालमा भर्ना भएर उपचार गराइरहेका रिजाललाई उपचार खर्च स्वरुप ३२ हजार ४ सय रुपैयाँ सहयोग गरेका हुन् । 

    सहयोग रकम खगेन्द्रकी श्रीमती कल्पना राईले बिरामीका छोरी रिता रिजाललाई हस्तान्तरण गरेकी छन् । जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रिजाललाई टिचिङ अस्पताल पु¥याइएको हो । 

    प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २०:५३:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको