तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

रोदिक खबर

९, भाद्र २०७८
  • 11.1K
    SHARES
  • तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको सर्वसाधारणका लागि साधार शेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । कम्पनीको आईपीओ आज बुधबारदेखि खुला भएको हो ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

    प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - १३:४१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको