प्यारागनको झण्डै दुई करोडको आर्थिक कारोबार

प्यारागनको झण्डै दुई करोडको आर्थिक कारोबार

रोदिक खबर

१४, भाद्र २०७७
  • 6.5K
    SHARES
  • प्यारागनको झण्डै दुई करोडको आर्थिक कारोबार

    खोटाङ ।  खोटाङको दिक्तेलमा सञ्चालित प्यारागन बचत तथा ऋण सहकारी संस्थाले वर्ष दिनमा झण्डै दुई करोडको आर्थिक कारोबार गरेको छ ।

    बचत गर्ने बानीको विकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि २०६६ सालमा स्थापना गरिएको बचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ९१ लाख ५३ हजार ६५५ रुपैयाँ बराबरको आर्थिक कारोवार गरेको प्यारागन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राईले जानकारी दिए । 

    प्यारागन बचत तथा ऋण सहकारी संस्थाको आईतबार आयोजित वार्षिक साधारण सभामा सहकारीले गत आर्थिक वर्ष ८७ लाख ३७ हजार ऋण लगानी गर्दा ३ लाख ६४ हजार ३१ रुपैयाँ कुल नाफा आर्जन भएको जानकारी दिएको छ ।

    सहकारीका लेखापाल मंगला खड्काले निक्षेप डिपोजिट र कर्जा वचततर्फ १ करोड २ लाख ३८ हजार ६८० रुपैयाँे, लगानीबाट ५ लाख ८१ हजार ६९१ रुपैयाँ निक्षेप डिपोजिट व्याजतर्फ १ लाख ६० हजार ८३ रुपैयाँ खर्च भएको र २४ लाख २० हजार २६६ रुपैयाँ फिर्ता हुन बाँकी रहेको जानकारी दिएकी छन् । 

    यस्तै, हाल ३४ शेयर सदस्य रहेको सहकारीको ४० लाख ४ हजार ५२६ रुपैयाँ उठ्न बाँकी रहेको, बचत फिर्ताबाट ३८ लाख ५३ हजार ६२६ रुपैयाँ खर्च भएको सहकारीले जनाएको छ ।

    दिक्तेलको पुरानो बेसक्याम्पस्थित सहकारीको कार्यालयमा भएको कार्यक्रम जिल्ला विकास समितिका पूर्वसभापति बिष्णुकुमार राईले उद्घाटन गरेका थिए । कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष एबं ऋण प्रवाह समितिका संयोजक नइन्द्र राई, उपाध्यक्ष मिना कार्कीले सहकारीको गतिविधि र प्रगतीका बारेमा जानकारी दिएका थिए । 

    साधारणसभामा विशेष अतिथिका रुपमा दिक्तेल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हर्कवीर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, सहकारीका सल्लाहकार संयोजक प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, सहकारीका सल्लाहकार सदस्य दिनेश घिमिरे, सरस्वती उच्च माविका सहायक प्रअ शिवहरि ढकाल, शेयर सदस्य काजीमान राई,सहकारी संस्थाका सचिव राजदेश राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    paragan1.jpg

    २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्ष दिनसम्म सञ्चालन गरेपछि निष्क्रिय रहेको प्यारागन सहकारी संस्थालाई पुःन २०७६ सालदेखि सुचारु गरिएको हो । 

    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १९:१४:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको