खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नीपीडित परिवारलाई राहत प्रदान गरेको छ । गत भदौ १२ गते भएको आगलागीमा घर जलेपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले अम्बोटेका जमसरी राईको परिवारलाई कोषले घरैमा पुगेर राहत स्वरुप १० हजार प्रदान गरेको हो ।
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आईतबार सल्लेका वडाध्यक्ष काशीराज राईको हातबाट अग्नी पीडितलाई राहत रकम प्रदान गरेको जनाएको छ ।
अग्नी पीडितको सहज जीवनयापनमा सहयोग पुर्याउनका लागि राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।
घरमा ठूला मान्छे नभएको अवस्थामा आगलागी हुँदा राईको ढुंगा, माटो र खरको छानो भएको तीन तले घर तथा घरमा भएका अन्नपात जलेर नष्ट भएको थियो ।
आगलागीबाट बिस्थापित ४ जनाको परिवारलाई वडा कार्यालयले पाल उपलव्ध गराएपछि स्थानीय नयाँ बिहानी दुधकोशी युवा क्लवले अस्थायी बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताए । अग्नीपीडितलाई राहत रकम प्रदान गर्नका लागि कोषका अध्यक्ष भोगेन एक्ले र कोषाध्यक्ष किरात सल्ले पुगेका थिए ।