पर्शुराम राई प्रतिष्ठानद्वारा दिक्तेलका थप आठ माविलाई स्वास्थ्य तथा खेलकुद सामग्री

पर्शुराम राई प्रतिष्ठानद्वारा दिक्तेलका थप आठ माविलाई स्वास्थ्य तथा खेलकुद सामग्री

रोदिक खबर

४, आश्विन २०७८
  • 11.3K
    SHARES
  • पर्शुराम राई प्रतिष्ठानद्वारा दिक्तेलका थप आठ माविलाई स्वास्थ्य तथा खेलकुद सामग्री

    स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले दिक्तेलका थप आठ वटा माध्यमिक विद्यालयलाई स्वास्थ्य तथा खेलकूदका सामग्री वितरण गरेको छ । प्रतिष्ठानले आइतवार सरस्वती नमुना माविमा दिक्तेलमा कार्यक्रम गरी सरस्वती नमुना माविमा दिक्तेलसहित दिक्तेल बहुमुखी क्याम्पस, पञ्च मावि दिक्तेल, सावित्रा मावि बाम्राङ, सितला मावि खाल्ले, श्रीमावि बास्बोटे लफ्याङ, हिमालय मावि सोल्मा र कालिका मावि खार्मीलाई स्वास्थ्य तथा खेलकूद सामग्री वितरण गरिएको गरेको हो ।

    आठ माविका लागि १५ हजार वटा माक्स, सय लिटर सेनिटाइजर, भलिवल तथा नेट आठ÷आठ वटा, सानो भलिवल १६ वटा, पम्प आठ वटा, टिटि सेट आठ वटा, ब्याड १६ वटा, फोहोर संकलन गर्न ३६ वटा डस्टबिन र स्वास्थ्य सम्वन्धिको ‘मिवा पानी’ नामक किताब १६० वटा वितरण गरिएको प्रतिष्ठानका सचिव ईन्द्रकुमार राईले बताए ।

    स्वास्थ्य तथा खेलकुद सामग्री प्रतिष्ठानका सल्लाहकार आरके दाहाल, करविका थापा, संरक्षक टंकबहादुर श्रेष्ठ, रविन चाम्लिङ, उपाध्यक्ष चन्द्रकुमारी राई लगायतले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

    प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रालि र अभिनेत्री मनिषा कोईरालाको एनसीभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्रीहरु वितरण गरिएको हो । जिल्लाभरीका ९५ वटा माविलाई स्वास्थ्य तथा खेलकूद सामग्री वितरण गर्ने लक्ष्य राखिएको भएपनि सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका सम्पूर्ण माविलाई सामग्री वितरण गरिने र अन्यमा क्रमशः वितरण गरिने संरक्षक चाम्लिङले बताए ।

    यस्तै, कार्यक्रमको अवसरमा जेष्ठ नागरिक विष्णुप्रसाद आचार्य, कुलप्रसाद आचार्य, चन्द्रबहादुर आचार्य, पवनकुमार थापा, गेहकुमार सैंजु र वेदमाया खतिवडालाई लठ्ठी र थर्मस दिएर सम्मान गरिएको छ ।

    242355157_921988365391541_5537461930973600295_n.jpg

    यसैविच, प्रतिष्ठानका संरक्षक टंकबहादुर श्रेष्ठले सरस्वती नमुना मावि दिक्तेललाई अक्षय कोष स्थापनाका लागि १ लाख ५० हजार प्रदान गरेका छन् । ‘टंकबहादुर÷शारदा श्रेष्ठ सामाजिक प्रतिष्ठानको तर्फबाट अक्षय कोष स्थापनाका उपलव्ध गराइएको उक्त रकमको चेक श्रेष्ठले सरस्वती माविका निमित्त प्रधानाध्यापक ज्ञानवहादुर राई हस्तान्तरण गरेका छन् ।

    समाविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई व्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन् ।

    प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०७:४२:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको