सिन्धुपाल्चोक पहिरो : २२ को शव फेला

सिन्धुपाल्चोक पहिरो : २२ को शव फेला

रोदिक खबर

१, भाद्र २०७७
  • 2.7K
    SHARES
  • सिन्धुपाल्चोक पहिरो : २२ को शव फेला

    शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १६:२७:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको