काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण

रोदिक खबर

१५, भाद्र २०७७
  • 3.5K
    SHARES
  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमवार आएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।  

    मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।

    उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ । ‘हामी कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिरहेका थियौं । त्यही क्रममा मलाई संक्रमण भएछ । तर मेरो मनोबल उच्च छ’ उनले  भने ।

    उनलाई लक्षण छैन र, होम आइसोलेसनमा छन् । मेयर शाक्यले भने, होम आइसोलेसनमा बसेर निरन्तर समन्वय र भर्चुअल बैठकहरु गर्छु ।’ संक्रमित भनेर दुर्व्यवहार नगरौं आफूले आग्रह गर्दै आएको र, आइसोलेसनमा बसेर पनि त्यही आग्रह गर्ने उनले बताए ।

    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - २३:०१:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको