शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रहरी कार्यालय परिषरमा पालिका बाटिका ! 

प्रहरी कार्यालय परिषरमा पालिका बाटिका ! 

रोदिक खबर

२१, आश्विन २०७८
  • 1.6K
    SHARES
  • खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङ परिषरमा पालिका बाटिका बनाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयप्रति स्थानीय सरकारको अपनत्व स्थापित गर्ने लक्ष्यका साथ बृक्षारोपण गर्दै पालिका बाटिका बनाउने कामको सुरुवात गरिएको हो ।

    ६६ औं प्रहरी दिवसको अवशरमा बुधबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई बृक्षारोपण गर्न लगाएर पालिका बाटिका निर्माणको सुरुवात गरिएको छ ।

    cdo.jpgजिल्लाका सवै स्थानीय तहको बोर्ड राखिएको खाल्डोमा धुपी सल्ला, सिन्कौली लगायतका जातका विरुद्ध रोप्न लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।

    जिल्ला प्रहरी कार्यालय परिषर हराभरा बनाउने र जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयको स्मरण दिलाइरहनका लागि पालिका बाटिकाको अवधारणा अघि सारिएको जनाइएको छ । 

    प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - २०:४६:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको