शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सचेतनाको सुतली बम बिस्फोट गर : आङकाजी शेर्पा 

सचेतनाको सुतली बम बिस्फोट गर : आङकाजी शेर्पा 

रोदिक खबर

२२, आश्विन २०७८
  • 2.4K
    SHARES
  • सचेतनाको सुतली बम बिस्फोट गर : आङकाजी शेर्पा 

    खोटाङ । नेपाल आदिबासी जनजाती महासंघका पूर्व केन्द्रिय महासचिव आङकाजी शेर्पाले नेपाल आदिबासी जनजाती महासंघ खोटाङका पदाधिकारीलाई प्रशिक्षण दिएका छन् ।

    जनता समाजवादी पार्टीको ‘सुज’ अभियानको सिलसिलामा खोटाङ आएका नेता शेर्पाले बिहिबार नेपाल आदिबासी जनजाती महासंघका पदाधिकारीलाई प्रशिक्षण दिएका हुन् ।

    शेर्पाले जनजाती महासंघलाई कुनै पनि पार्टीको भातृ संगठनजस्तो नवनाउन सचेत गराएका छन् । महासंघ सबै आदिवासीको निति तथा कार्यक्रम बनाउने संगठन भएको उल्लेख गर्दै शेर्पाले आदिवासीको अधिकारको निति बनाएर आ–आफ्नो पार्टीमा लागु गर्नका लागि दबाब सिर्जना गर्न ध्यानाकर्षण गराएका छन् । 

    जनता समाजवादीका नेता शेर्पाले ‘अव महासंघमा आवद्ध नेताले सचेतनाको सुतली बम बनाएर आ–आफ्नो पार्टी कार्यालयमा बिस्फोट गराउनुपर्ने धारणा राखेका छन् । शेर्पा खोटाङ आएको मौका पारेर नेपाल आदिबासी जनजाती महासंघले प्रशिक्षण कार्यक्रम राखेको थियो । 

    प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १३:१४:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको