शुक्रवार, भाद्र २६ गते २०८३

विमित परिवारलाई एसियन लाईफ इन्स्योरेन्सले दियो विमांक रकम 

विमित परिवारलाई एसियन लाईफ इन्स्योरेन्सले दियो विमांक रकम 

रोदिक खबर

२२, आश्विन २०७८
  • 9.2K
    SHARES
  • विमित परिवारलाई एसियन लाईफ इन्स्योरेन्सले दियो विमांक रकम 

    खोटाङ । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय खोटाङले मृतक विमित परिवारलाई विमांक रकम प्रदान गरेको छ ।

    सुखी जीवन विमा आयोजना अन्तरगत २९ असार २०७४ मा वीमा गरेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल माटिकोरेकी अनु थामामगरको परिवारलाई एसियन लाईफ इन्स्योरेन्स कम्पनीले घरैमा पुगेर मुत्यु दावी भुक्तानी दिएको हो । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले मृतक विमितका बुवा मोहनबहादुर थापामगर र आमा एकमाया थापामगरलाई वीमा वापतको ३ लाख ७८ हजार २४४ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

    ३ लाख १ हजारको वीमा गरेकी थापामगरको परिवारलाई ७७ हजार २४४ रुपैयाँ बोनस सहित बिमांक रकम प्रदान गरिएको एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखाका प्रमुख किरणजित राईले बताए ।

    मृतक थापामगरले १५ हजार ९७५ रुपैयाँ बराबरको चार किस्ता बुझाइसकेकी थिइन् । दिक्तेल इंलिस बोर्डिङ स्कुलकी शिक्षिका थापामगरको २३ माघ २०७७ मा २४ वर्षको उमेरमा मृत्यु भएको थियो । 

    प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - २०:०७:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको