श्रीरामको बाल कथा संग्रह ‘पोलेको मकै’ प्रकाशित 

श्रीरामको बाल कथा संग्रह ‘पोलेको मकै’ प्रकाशित 

रोदिक खबर

२४, आश्विन २०७८
  • 12.6K
    SHARES
  • श्रीरामको बाल कथा संग्रह ‘पोलेको मकै’ प्रकाशित 

    खोटाङ । खोटाङका श्रष्टा श्रीराम राईको बाल कथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा स्थायी ठेगाना भएका श्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो ।

    १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि काठ्माण्डौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बाल कथा संग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलुन्, चरी उडुन्, पारुको पढाई’ लगायत ७ कथा समावेश छन् । 

    ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ । वाल कथा संग्रह विद्यालय तहका सवै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाईला लाग्ने कथाकार राईले बताए । हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ पर्छ । सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् । 

    श्रष्टा राईका यसअघि बाल कथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् । बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गीत, गजल र कवितामा पनि उत्तिकै सशक्त छन् ।

    रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् । हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन् । 

    राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यीक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ । उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि बनेका थिए । 

    प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - ०९:२१:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको