खोटाङमा वर्षासँगै चलेको हावाहुरीले वालीनालीमा क्षती (फोटो फिचर)

खोटाङमा वर्षासँगै चलेको हावाहुरीले वालीनालीमा क्षती (फोटो फिचर)

रोदिक खबर

३, कार्तिक २०७८
  • 2.4K
    SHARES
  • खोटाङमा वर्षासँगै चलेको हावाहुरीले वालीनालीमा क्षती (फोटो फिचर)

    खोटाङ । तीन दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा वालीनालीमा क्षती पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो लगायतका वालीनालीमा क्षती पुर्‍याएको हो ।

    2.jpg

    भित्र्याउनेबेलाको वालीनालीमा क्षती पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाको दुई नगरपालिका र आठ वटै गाउँपालिकाका किसानले लगाएको वालीनालीमा पानी र हावाहुरीले क्षती पुर्‍याएको हो । हावाहुरीले सबैभन्दा बढि धान वालीमा क्षती पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    3.jpg

    दश नंग्रा खियाएर लगाएको वालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललित राईले बताए । हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बिर सामाजिक सञ्जालमा छाइरहेको छ ।

    4.jpg

    दिक्तेलका स्थानीय नबराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरीको कमाई एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानवालीको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

    6.jpg

    खोटाङमा जिल्लाभरी १२ हजार ८ सय ९८ हेक्टर जमिनमा धान रोपाँई हुने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको थियो ।

    5.jpg

    प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - १७:५८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको