बिहिवार, कार्तिक १३ गते २०८३

गोपालको म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक

गोपालको म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक

रोदिक खबर

३, कार्तिक २०७८
  • 3.2K
    SHARES
  • गोपालको म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक

    काठमाडौं – नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसर पारेर गीतकार गोपालले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक गरेका छन्।  

    यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

    कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन  प्रेम र रोमान्स देख्न सकिन्छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव  दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्।

    काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

    भिडियो लिंक: https://youtu.be/1xqH6rh7Pk4

    प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - १८:३४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको