शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कुकुरको टोकाइबाट खोटाङमा १५ जना घाइते

कुकुरको टोकाइबाट खोटाङमा १५ जना घाइते

रोदिक खबर

६, कार्तिक २०७८
  • 10.8K
    SHARES
  • कुकुरको टोकाइबाट खोटाङमा १५ जना घाइते

    खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो ।

    कुकुरको टोकाईबाट घाईते भएकामध्ये दुई जनालाई शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । अन्य १३ जना भने हप्ता दिनभित्र तीन डोजको एन्टीरेविज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् । 

    कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रत्नपार्क क्षेत्रमा सबैभन्दा बढि कुकुरले टोकेको छ । कुकुरले अस्पताल चौकमा समेत एक जनालाई टोकेको छ ।

    एकै दिन १५ जनालाई कुकुरले टोकेपछि साविकको सदरमुकाम दिक्तेलबजारमा कुकुर आतंक फैलिएको छ । गाउँ–गाउँमा समेत कुकुरको आतंक फैलिरहेको छ । 

    प्रकाशित मिति :कार्तिक ६, २०७८ शनिवार - १८:३४:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको