शुक्रवार, भाद्र २६ गते २०८३

बागमतीमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

बागमतीमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

रोदिक खबर

११, कार्तिक २०७८
  • 5.4K
    SHARES
  • बागमतीमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

     हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।उनलाई नेकपा माओवादी केन्द्रका २३, काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टी जसपाका १ गरि ५९ सांसदको समर्थन छ ।

    पार्टी विभाजनपछि अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित कांग्रेस उपनेता कृष्णलाल भडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारीमा छन् । स्रोतका अनुसार कांग्रेसले भौतिक पूर्वाधार, माओवादीले सामाजिक विकास मन्त्री र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानुन मन्‍त्रालय पाउने बताइएको छ ।

    वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

    ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बहिर्गमन भएकी हुन् ।

    प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - १६:०२:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको